टीकापुरमा ६८ पिन्ट रगत संकलन
टीकापुरमा ६८ पिन्ट रगत संकलन भएको छ । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज टीकापुरले आयोजना गरेको रक्तदान कार्यक्रममा उक्त पिन्ट रगत संकलन भएको हो ।
रक्तदान कार्यक्रमको उद्घाटन गर्दै टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले रगत विना मानव जिवन सम्भव नभएकाले यो मानिस बचाउने अभियानमा लागेकोमा आयोजकलाई धन्यवाद दिनुभयो ।
टीकापुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रेमकुमार राइले मानिसको शरिरमा भएको रगत केहि समयसम्म मात्र जिवित रहने र पछि आफै मरेर जाने भएकाले स्वस्थ मानिसले रगत दान गर्दा केहि फरक नपर्ने बताउनुभयो ।
आयोजक परमेश्वरको मण्डली विश्व सुसमाचार समाज टीकापुरका संयोजक रवि भित्रिकोटीले आफूहरुले विभिन्न किसीमका स्वयम्सेवि काम गरिरहेको बताउँदै यस्ता कार्यमा सघाउन आग्रह गर्नु भएको छ ।
१ हजार १७९ औं रक्तदान अभियानको उद्घाटनमा स्वागत परमेश्वरको मण्डली सुदुरपश्चिम संगठनका संयोजक राजेश कुमार लामीछानेले गर्नु भएको थियो भने सञ्चालन वलबहादुर चौधरीले गर्नु भएको थियो ।
संस्कृति संरक्षणका लागि मादल वितरण
# समाचार
२ कार्तिक, २०८३
जानकी गाउँपालिकाका वडाहरुले संस्कृति जर्गेनाको लागि वडाबाट मादलहरु वितरण गर्ने गरेका छन् । गाउपालिकाको वडा नं. ८ ले पनि मादल वितरण गरेको छ । वडा नं ८
सशस्त्र प्रहरी बल, नेपाल राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय टीकापुरमा ११३ जना प्रहरी जवान दीक्षित
# समाचार
२ कार्तिक, २०८३
सशस्त्र प्रहरी बल, नेपाल राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय टीकापुरमा ११३ जना प्रहरी जवान दीक्षित भएका छन् । शिक्षालयमा सञ्चालन भएको सि.सं. २३९
भगोरिया गोतियार समुह गठन
# समाचार
२ कार्तिक, २०८३
टीकापुर नगरपालिका १ बनगाउँमा भगोरिया गोतियार समुह गठन भएको छ । भगोरिया गोतियार समुहको अध्यक्षमा जंगबहादुर भगोरिया, सचिवमा सीतुलाल भगोरिया,





प्रतिकृया दिनुहोस