• २ कार्तिक २०८३ आइतबार/ Sunday 10-18-2026
  • स्टुडियो टाईम : ११:१६

कैलालीको दुर्गौलीमा दुर्गौली व्यापारिक सन्ध्याकालीन मेला शुरु

जानकी गाउँपालिकाको दुर्गौली बजारमा व्यापारिक सन्ध्याकालीन मेला–२०८३ शुरु भएको छ । दुर्गौली बजारको आयोजनामा शुरु भएको मेलालाई सुदुरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री इन्दिरा गिरीले उद्घाटन गर्नु भएको छ । 
मेलाको उद्घाटन गर्दै मन्त्रि गीरीले ठूला विकास भन्दा यस्ता किसीमका मेला महोत्सवले यहाँको उत्पादनको बजारीकरण हुने र युवाहरुले रोजगारी पाउने बताउनुभयो । 
मेलाले यहाँका उत्पादन र सांस्कृतिक सम्भावनालाई पहिचना गरेर अगाडी बढ्न सके पर्यटनको विकास हुने र त्यसले आयआर्जनमा पनि सघाउने बताउनु भयो । 
कार्यक्रममा दुर्गौली बजार व्यवस्थापन समितिका अध्यक्ष चन्द्रभान बमले दुगौली बजारको ढल निकास र सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने माग सतिह ज्ञापनपत्र बुझाउनु भएको छ ।
उद्घाटन सत्र कार्यक्रमको संचालन नवराज उपाध्यायले गर्नु भएको थियो । ‘कला, संस्कृति तथा व्यापार दुर्गौली बजारको मूल आधार’ भन्ने नारासहित बुधबारदेखि ३१ गतेसम्म सञ्चालन हुने मेलामा स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । 
मेलामा विभिन्न परिकारका खानाका स्टल, व्यापारिक तथा कृषि सामग्रीको प्रदर्शनी, स्थानीय कला–संस्कृतिको प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम लगायतका गतिविधि सञ्चालन हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा विभिन्न समुदायको सास्कृति झाँकीहरु सखिया नाच, मुंरहुवा नाच, झुम्रा नाच, बञ्चे बाजा लगायतको प्रस्तुती रहेको थियो । 
साँझको समयमा विशेष सांगीतिक कार्यक्रमसहित कलाकारहरूको प्रस्तुति रहने भएकाले मेला अवधिभर दुर्गौली बजारमा मनोरञ्जनको विशेष माहोल बन्ने अपेक्षा गरिएको छ । मेला साँझको समयमा हुने भएकाले व्यवस्थापन तथा सुरक्षाका लागि स्वंसेवक र प्रहरी परिचालन गरेको आयोजकले जनाएको छ । 

प्रतिकृया दिनुहोस

संस्कृति संरक्षणका लागि मादल वितरण

# समाचार

२ कार्तिक, २०८३

जानकी गाउँपालिकाका वडाहरुले संस्कृति जर्गेनाको लागि वडाबाट मादलहरु वितरण गर्ने गरेका छन् । गाउपालिकाको वडा नं. ८ ले पनि मादल वितरण गरेको छ । वडा नं ८

सशस्त्र प्रहरी बल, नेपाल राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय टीकापुरमा ११३ जना प्रहरी जवान दीक्षित

# समाचार

२ कार्तिक, २०८३

सशस्त्र प्रहरी बल, नेपाल राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय टीकापुरमा ११३ जना प्रहरी जवान दीक्षित भएका छन् । शिक्षालयमा सञ्चालन भएको सि.सं. २३९

भगोरिया गोतियार समुह गठन

# समाचार

२ कार्तिक, २०८३

टीकापुर नगरपालिका १ बनगाउँमा भगोरिया गोतियार समुह गठन भएको छ । भगोरिया गोतियार समुहको अध्यक्षमा जंगबहादुर भगोरिया, सचिवमा सीतुलाल भगोरिया,

↑