• २ कार्तिक २०८३ आइतबार/ Sunday 10-18-2026
  • स्टुडियो टाईम : ११:१६

गर्भपतन सम्बन्धीका गलत धारणा चिर्नुपर्नेमा सरोकारवालाको जोड

दुर्गा देवकोटा/गर्भपतन सम्बन्धी समाजमा अभ्यासमा रहेका गलत धारणा र मूल्य मान्यताले महिलाको स्वास्थ्य जोखिममा परिरहेको यसमा चिन्ता ब्यक्त गरिएको छ । कैलालीको टीकापुरमा गर्भपतन सम्बन्धी भएका मूल्य, मान्यता र धारणामा रुपान्तरण सम्बन्धी कार्यशाला भएको छ । 
    कार्यशाला सहजीकरण गर्दै स्वास्थ्य कार्यालय कैलालीका रमा गिरीले २० वर्ष मुनिका महिलाले गर्भपतन गराउने क्रम बढेकोमा चिन्ता ब्यक्त गर्नुभयो । उहाँले किशोरी गर्भवती हुने क्रम बढेको, बालविवाह बढेकाले गर्भपतन पनि बढेको बताउनुभयो । 
    उहाँले गर्भपतनमा समेत गलत सामाजिक मूल्य मान्यताले कैलालीमा आर्थिक वर्ष २०८२÷०८३ मा ६३८ जनाले असुरक्षित गर्भपतन गरिरहेको देखिएको, जसले महिलाको स्वास्थ्य जोखिममा परेको बताउनुभयो ।  भु्रण परीक्षण गरेर गर्भपतन पनि बढ्दै गएको, कैलालीमा १५ हजार ८ सय १५ जना सुत्केरी हुँदा छोरी ७ हजार ५ सय ५८ जन्मिए भने छोरा धेरै ८ हजार ८ सय ५७ जना जन्मिएकाले भविष्यमा समस्या हुने बताउनुभयो । ‘भविष्यमा छोराको संख्या धेरै हुनेछ, अनि छोरीको संख्या कम भएमा बुहारी पाउन कठिन हुनेछ’, उहाँले भन्नुभयो, ‘अहिले सबैलाई छोरा मात्र चाहिएको छ । यसले समाजिक सन्तुलनमा समेत असर पार्छ ।’
    मेरि स्टोप्स नेपालका कार्यक्रम अधिकृत हर्कबहादुर ऐरले मेरि स्टोप्सले विभिन्न क्षेत्रमा काम गरिरहेको बताउँदै सूचिकृत स्वास्थ्य संस्था, स्थानीय पालिका, प्रदेशका स्वास्थ्य संस्थासँगको समन्वयमा काम गर्दै आएका बताउँदै गर्भपतन र परिवार नियोजन सम्बन्धीको धारणा सकारात्मक कसरी बनाउने भनी छलफल गरिएको बताउनुभयो । मेरि स्टोप्सले कैलाली र बैतडीमा गर्भपतन सम्बन्धी रहेका गलत धारणा न्यूनिकरण गर्न र सकारात्मक धारणा विकासका लागि जनचेतना जगाउने काम पनि गरिरहेको उहाँको भनाइ छ ।
    टीकापुर नगरपालिकाका सिनियर अनमी हेमा ज्ञवालीले समाजमा अहिले पनि गर्भपतन गराउने महिला चरित्रहीन हुन्छन्, गर्भपतनलाई पाप वा अपराध ठान्ने भएकाले महिलाहरु लुकेर, असुरक्षित ठाउँमा गर्भपतन गर्न जाँदा स्वास्थ्य जोखिममा परिरहेको बताउनुभयो ।
उहाँले गर्भपतनको निर्णयमा महिलाको इच्छा र अधिकारलाई महत्व समेत नदिइएको, गर्भपतन गरिहाले पनि त्यसको सम्पूर्ण दोष महिलालाई दिने चलनले महिलाको स्वास्थ्य संकटमा पर्दै गएको बताउनुभयो ।
    टीकापुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख रामबहादुर नगार्जीले समय परिवर्तन भइ सकेकाले गर्भपतनकै कारण महिला को ज्यान जान नहुने कुरामा सबै जिम्मेवार बन्नुपर्ने बताउनुभयो । 
    कार्यशालामा स्वास्थ्य कार्यालय कैलालीका ओलटनारायण चापागाइ, मेरि स्टोप्सका प्रमिला डाँगी जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक लगायतका सरोकारवालाको उपस्थिति थियो । कार्यक्रम सञ्चालन टीकापुरमा जनस्वास्थ्य अधिकृत बलबहादुर रावलले गर्नुभएको थियो । रावलले अहिले २० वर्ष मुनिका किशोरी समेत गर्भवती भइरहेकाले, गर्भवती भएको थाह पाएमा उसको जीवन रक्षा पहिलो प्राथमिकता हो भनी उसलाई समाजबाट तिरस्कार गर्नुभन्दा सुरक्षित गर्भपतन सेवा दिलाउने र उसको जीवन बचाउनेबारेमा सबै सचेत बन्नुपर्ने बताउनुभयो । उहाँले अभिभावकले समेत २० वर्षपछि विवाह गर्नुपर्छ अनि मात्रै सन्तान जन्माउनुपर्छ भन्ने सचेतना समेत बालबालिकालाई दिनुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रमका सहभागीले समाजमा बालविवाह, किशोरावस्थामै राखिने शारीरिक सम्बन्धले छोरीहरुको स्वास्थ्य जोखिममा पर्दै गएकाले सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् ।
    असुरक्षित गर्भपनका कारण टीकापुरमा गत वर्ष एक महिलाको ज्यान नै गएकाले गर्भपतन गर्नु परेमा पनि सुरक्षित स्वास्थ्य संस्थामा जान सुझाव दिइएको छ ।
    सुनौलो परिवार नेपालले मेरि स्टोप्स इन्टरनेशनल यु.के. मार्फत समुदायमा सकारात्मक प्रभाव पार्ने सञ्चालित परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । 

प्रतिकृया दिनुहोस

संस्कृति संरक्षणका लागि मादल वितरण

# समाचार

२ कार्तिक, २०८३

जानकी गाउँपालिकाका वडाहरुले संस्कृति जर्गेनाको लागि वडाबाट मादलहरु वितरण गर्ने गरेका छन् । गाउपालिकाको वडा नं. ८ ले पनि मादल वितरण गरेको छ । वडा नं ८

सशस्त्र प्रहरी बल, नेपाल राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय टीकापुरमा ११३ जना प्रहरी जवान दीक्षित

# समाचार

२ कार्तिक, २०८३

सशस्त्र प्रहरी बल, नेपाल राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय टीकापुरमा ११३ जना प्रहरी जवान दीक्षित भएका छन् । शिक्षालयमा सञ्चालन भएको सि.सं. २३९

भगोरिया गोतियार समुह गठन

# समाचार

२ कार्तिक, २०८३

टीकापुर नगरपालिका १ बनगाउँमा भगोरिया गोतियार समुह गठन भएको छ । भगोरिया गोतियार समुहको अध्यक्षमा जंगबहादुर भगोरिया, सचिवमा सीतुलाल भगोरिया,

↑